कार भित्र ८० केजी गाँजा

बाइलाइन नेपाल
२७ कार्तिक २०७७, बिहीबार २०:२२

हेटौंडा । मकवानपुर प्रहरीले ८० किलो लागूऔषध गाँजा सहित एक कार बरामद गरेको छ । प्रहरीले आज बिहान हेटौंडा उपमहानगरपालिका –१० बाट उक्त गाँजा सहित कार बरामद गरेको हो । प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर भागेको बा ६ च १४७६ नम्बर को कार शंका लागि खोजतलास गर्ने क्रममा उक्त कार भुटनदेवी मन्दिर जाने सडकमा पार्किङ गरी राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडी चेकजाँच गर्दा उक्त कारको डिकीमा लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा ८० किलो फेला परेको हुँदा गाँजा, कार र केही कागजात बरामद गरी जिल्ला प्रहरी कार्यलय मकवानपुर ल्याईएको डिएसपी ईन्द्र बहादुर रानाले जानकारी दिए । फरार व्यक्तिको खोजी कार्य भइरहेको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*