पत्रकार महासंघ मकवानपुरको साधारणसभा मंसिर २६ गते

बाइलाइन नेपाल
२७ कार्तिक २०७७, बिहीबार २०:१७

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १६औं वार्षिक साधारणसभा आगामी मंसिर अन्तिम साता हुने भएको छ । महासंघका अध्यक्ष हरि हुमागाईंको अध्यक्षतामा बिहिबार हेटौंडामा बसेको कार्यसमिति बैठकले महासंघको साधारणसभा आगामी मंसिर २६ गते हेटौंडामा गर्ने निर्णय गरेको हो ।

बैठकले साधारणसभामा पत्रकारिता पुरस्कार प्रदान गर्न पुरस्कार छनोट समिति गठन गरेको छ । महासंघ मकवानपुरका संस्थापक अध्यक्षको नाममा स्थापित न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार र युवा व्यवसायी महेन्द्र राउतले स्थापना गरेको पत्रकारिता पुरस्कार वितरणका लागि उपाध्यक्षहरु कुमार अधिकारी र सरिता दाहाल तथा सहसचिव शुभलक्ष्मी विश्वकर्मा रहने गरि पुरस्कार छनोट समिति गठन गरेको हो । महासंघको बैठकले निरन्तर यस क्षेत्रमा क्रियाशील जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था गर्न कोष रकमका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

यसअघिको बैठकले जिल्लाबाट सिफारिस गरी पठाएका नयाँ सदस्यहरुलाई प्रदेश समितिले पनि अनुमोदन गरिसकेकोले तोकिएको शुल्क लिई सदस्यता वितरण गर्ने र महासंघको लेखापरीक्षण गर्ने निर्णय पनि बैठकले गरेको महासंघका सचिव गणेशदर्पण अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*