मकवानपुरगढी गाउँपालिकाले देउसीभैलो खेल्न लगायो रोक

बाइलाइन नेपाल
२६ कार्तिक २०७७, बुधबार १३:१६

हेटौंडा । कोरोना भाइरसको जोखि कायमै रहेको भन्दै मकवानपुरगढी गाउँपालिकाले यस वर्षको तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ । गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणका कारण यसवर्षको तिहारमा पम्परादेखि खेल्दै आएको देउसीभैलोमा रोक लगाउने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीद्वारा जारी सूचनामा तिहार घर परिवारका सदस्य बीच मात्र मनाउन आग्रह गरेको छ । तिहारमा सार्वजनिक स्थलमा सामूहिक भेटघाट तथा देउसीभैलोलगायतका क्रियाकलाप नगर्न गाउँपालिकाले सूचित गरेको छ ।

सार्वजनिक स्थलमा भिडभाड गर्ने, पिङ, लङ्र्गुरबुर्जालगायतका खेलहरु खेल्न, खेलाउन नपाइने, जुवा,तास, ध्रमपान, मध्यपानलगायतका कार्य नगर्ने आग्रह गर्दै गाउँपालिकाले अटेर गर्नेलाई कारबाही गर्ने जनाएको छ । परिवारका सदस्यबीच मात्र पर्व मनाउन र सुरक्षा सवधानी अपनाउन गाउँपालिकाले सूचना जारी गरेको छ । गाउँपालिकाले दशैमा पनि टिका ग्रहणका लागि आफन्तकोमा जान र सामूहिक जमघट तथा खेलहरुमा प्रतिबन्ध लगाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*