युनिक शोप एण्ड केमिकल इण्डष्ट्रिज संचालनमा

बाइलाइन नेपाल
२६ कार्तिक २०७७, बुधबार १२:३८

हेटौंडा । युनिक शोप एण्ड केमिकल इण्डष्ट्रिज बुधबारबाट पुनः संचालनमा आएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको उद्योग करिब २ बर्षदेखि बन्द थियो । उद्योगलाई मर्मत तथा उपकरण थप गरेर सञ्चालनमा ल्याइएको हो ।

बुधबार पूजा गरेर उद्योगबाट उत्पादन थालिएको छ । उद्योगले सरफ, साबुन तथा स्यापु उत्पादन गर्ने उद्योगका संचालक बुद्धराज अर्यालले बताए । बन्द रहेको उद्योगलाई मर्मत तथा थप उपकरण थपेर सञ्चालनमा ल्याइएको उद्योग संघ मकवानपुरका सदस्य समेत रहेका अर्यालले जानकारी दिए ।

अहिले सरफ उत्पादन सुरु गरेको उद्योगमा ५ करोड लागानी रहेको जनाइएको छ । उद्योगले ‘सन्रे’ नामक भाँडा माझ्ने सर्फ, ‘उर्जा’ नामक कपडा धुने सर्फ, माँडा माझ्ने साबुन, कपडा धुने नाङ्गो साबुनलगायतका सामग्री मासिक ७ सय टनसम्म उत्पादन गर्ने लक्ष्य लिएको छ । स्याम्पु भने तीन महिना पछि मात्र उत्पादन हुने अर्यालले बताए ।

उत्पादित सामग्रीलाई सुरुवाती चरणमा मकवानपुर, काठमाडौँलगायतका जिल्लाहरुमा बिबीवितरण गरिने र केही महिनाभित्रै वाग्मती प्रदेशभर बजार विस्तार गर्दै लैजाने जनाइएको छ । उद्योगमा १ सय ४५ जनाभन्दा बढीले प्रत्येक्ष रोजगारी प्राप्त गर्नेछन् भने अप्रत्यक्ष रुपमा करिब ५ सय जनाले रोजगारी प्राप्त गर्ने संचालक अर्यालले बताए ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कंडेल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल र उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष नवराज अर्यालले रिबन काटेर उद्योगको विधिवत उद्घाटन गरेका हुन् । कार्यक्रममा उद्योगी व्यवसायीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*