वनकरिया बस्तीमा ट्युवेल जडानपछि पानीको समस्या हट्यो

बाइलाइन नेपाल
२३ कार्तिक २०७७, आईतवार १८:३३

हेटौंडा । खानेपानीको समस्या झेल्दै आएका लोपोन्मुख जाति वनकरिया वस्तीमा दश वटा ट्युवेल संचालनमा आएपछि उनिहरुमा खुशी छाएको छ । खोल्साको पानीको पर्याप्त नहुने र कुलोको पानी प्रदुषित भएपछि वनकारियाहरु खानेपानीको समस्यामा थिए ।

आदिवासी मामिलाहरुको लागि अन्तर्राष्ट्रिय कार्य समूह(आईडब्लुजीआईए)को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमार्फत् ट्युवेल निर्माण गरिएको हो । २० घर रहेको वनकारियावस्तीमा तीन लाख ३० हजार रुपैंयाको लागतमा दश वटा ट्युवेल निर्माण गरिएको छ ।

ट्युवेलको मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुवखड्काले आईतबार उद्घाटन गरे । ट्युवेल निर्माण गर्न सन्तोषी वनकारियाको संयोजकत्वमा खानेपानी व्यवस्थापन समितिले समन्वय गरेको थियो । वनकरिया महिला विकास संघकी अध्यक्ष माया वनकरियाले ट्युवेल निर्माण भएपछि भाँडा माझ्न, लुगा धुन कुलोको मलमुत्र मिसिएको पानी प्रयोग गर्नबाट मुक्ती पाएको बताईन् ।

यसबीच, कोरोना भाईरस(कोभिड–१९)का कारण बेरोजगार भएका वनकरिया महिलालाई खाद्यान्न वितरण गरिएको छ । १९ वनकारिया परिवारका महिलालाई चामल १ बोरा, तेल र नुन प्रदान गरिएको थियो । साथै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले वनकरिया समुदायमा भुमी अधिकारसम्वन्धी वकालत कार्यक्रम गरेको छ । कार्यक्रममा महासंघकी कोषाध्यक्ष निर्मला भुजेल र सचिव सावित्रा चेपाङले सहजिकरण गरेका थिए ।

ट्वाङ्ग्रे डाँडा वनकरिया विकास समितिकी अध्यक्ष सन्तमाया वनकरियाको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ का वडा सचिव विदुर पाठक, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कोषाध्यक्ष निर्मला भुजेल, सचिव सावित्रा चेपाङ लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*