वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना संक्रमण

बाइलाइन नेपाल
१२ कार्तिक २०७७, बुधबार १८:१४

हेटौंडा । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं र वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंलार्इ कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जनालाई कोरोनाको लक्षण देखिएपछि गृह जिल्ला झापामा जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश प्रमुख र रजिष्टार प्रसाईं बाबु छोरा हुन् ।

दुवै जना बाबु छोरा दशैं मान्नका लागि गृह नगर झापा गएको समयमा कोरोना पुष्टि भएको हो । अहिले उनीहरुको परिवार नै होम आइसोलेसनमा रहेका छन् । एक साता अघिदेखि नै झापाको मेचीनगरस्थित घर जाएका प्रदेश प्रमुखलाई शरिर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिए पछि होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । यस्तै रजिष्टार राजेश प्रसाईंको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*