मकवानपुरमा बुधबार बिहानै २७ जनामा कोरोना

बाइलाइन नेपाल
१२ कार्तिक २०७७, बुधबार ०६:०६

हेटौंडा । मकवानपुरमा बुधबार बिहानै २७ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तहमा बसोबास गर्नेसहित २७ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा २५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा– ५ मा ६ जना, हेटौंडा–२, ४ र ६ नम्बर वडामा तीनतीन जनार अरु अन्य वडाका रहेका छन् । यस्तै बकैया र मनहरी गाउँपालिकामा एकएक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कात्र्तिक १० र ११ गते संकलन गरिएको ४६ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष १७ र महिला १० जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*