टिकाको दिन मकवानपुरमा ३० जना संक्रमित थपिए

बाइलाइन नेपाल
१० कार्तिक २०७७, सोमबार १४:५१

हेटौंडा । मकवानपुरमा विजया दशमी अर्थात टिकाको दिन पनि कोरोना संक्रमित थपिएका छन् । मकवानपुरमा हालसम्म प्राप्त रिपोर्ट अनुसार ३० जना संक्रमित थपिएका हुन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित ३० जनामा कोरोना पुष्टि भएको हो ।

आज सोमबार बिहान र दिउँसो गरी आएको रिपोर्टमा ३० जनामा संक्रमण पुष्टि भएको हो । बिहान ६ जना र अहिले दिउँसो प्राप्त रिपोर्टमा २४ जनालाई कोरोना भएको जनाइएको छ । जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा २२ जना कोरोना संक्रमित फेला परेका छन् । यस्तै मनहरी गाउँपालिकाको १ जना र मनहरी गाउँपालिकाको ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कात्र्तिक ९ गते गते संकलन गरिएको ५५ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष १० र महिला १४ जना रहेका छन् । यस्तै मकवानपुर जिल्लामा सोमबार बिहान थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुने ६ जना पुरुषहरु मात्र रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । उनिहरु हेटौंडा उपमहानगरपालिका ४ जना, बकैया गाउँपालिका– १ जना र बाराका १ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*