मकवानपुरमा कोरोना संक्रमितको संख्या ३ हजार ४१

बाइलाइन नेपाल
१० कार्तिक २०७७, सोमबार ०७:३१

हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको सख्या ३ हजार नाघेको छ । मकवानपुर जिल्लामा हाल सम्ममा १४ हजार ६ सय ६९ जनाको पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्येमा ३ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय हेटौंडा बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको र मकवानपुरमा पनि संक्रमितको सख्या ३ हजार ४१ जना पुगेको वाग्मती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिए । पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ ।

पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने बढ्दै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित निकै बढ्दै गएका छन् । पछिल्लो साता हेटौंडामा भीड बढेसंगै संक्रमितको संख्या पनि बढेको छ । मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछि पीसीआर परीक्षणको कामलाई तिब्रता दिइएको छ ।

हेटौंडाको मुख्य बजार क्षेत्रका विभिन्न वडाका टोलटोलमा कोरोना भाइरस संक्रमित देखिएका छन् । घना वस्ती भएका क्षेत्र र मुख्य बजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् ।हेटौंडा उपमहानगरपालिकाको तुलनामा मकवानपुरका अन्य स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् ।

यसैबीच मकवानपुर जिल्लामा सोमबार बिहान थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुने ६ जना पुरुषहरु मात्र रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । उनिहरु हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका र अन्य जिल्लाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*