मकवानपुरमा आईतबार ६७ जनामा कोरोना संक्रमण

बाइलाइन नेपाल
९ कार्तिक २०७७, आईतवार १८:२६

हेटौंडा । मकवानपुरमा आज ६७ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित ७१ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा ५७ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा– २ मा ९ जना, हेटौंडा–८ मा ८ जना, हेटौंडा– ५ मा ७ जना, हेटौंडा– ४ मा ६ जना र अरु अन्य वडाका रहेका छन् । यस्तै थाहा नगरपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा २ जना, मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी गाउँपालिकामा १ र काठमाडौं घर भई हेटौंडा बस्ने १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कात्र्तिक ६ र ७ गते संकलन गरिएको स्वाब परीक्षण गर्दा ६७ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष ४१ र महिला २६ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*