वाग्मती प्रदेशमा ५१ प्रतिशत कोरोना संक्रमित

बाइलाइन नेपाल
९ कार्तिक २०७७, आईतवार ०९:४५

हेटौंडा । नेपालमा हालसम्म एक लाख ५५ हजार २ सय ३३ जना कोरोना संक्रमित रहेका छन् । त्यस मध्ये वाग्मती प्रदेशमा ७९ हजार ६ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । यो देशभरमा रहेको कुल कोरोना संक्रमितको ५१ दशमलव ३१ प्रतिशत हो ।

नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्ये यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेको वाग्मती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड १९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए । शनिबार वाग्मती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार २ सय १७ जनामा कोरोना भाइरस संक्रमित देखिएको छ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । वाग्मती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ६४ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् । प्रदेशमा ५० हजार ७ सय ४९ जना कोरोना संक्रमित उपचार पछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएको सेढाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*