काठमाडौं लैजाँदै गरेको ८६ वटा खसी हेटौंडामा प्रहरीले समात्यो

बाइलाइन नेपाल
८ कार्तिक २०७७, शनिबार १३:५६

हेटौंडा । तराईबाट काठमाडौं लैजाँदै गरेको खसी हेटौंडामा प्रहरीले बरामद गरेको छ । नक्कली पशु स्वास्थ्य जाँच प्रमाणपत्र प्रयोग गरेको भन्दै काठमाडौं लैजाँदै गरेको ८६ वटा खसी हेटौंडामा प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख ९३५७ नम्बरको बसको डिक्की, छत र सिटमुनी लुकाई ल्याएको खसी बरामद गरेको जनाइएको छ । बसमा चेकजँच गर्दा फेला परेका खसीको पशु स्वास्थ्य जाँच प्रमाणपत्र नक्कली भएकाले बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद खसी आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन पथलैया पठाईएको छ । यात्रु बोक्ने बसमा खसी ल्याईएपनि प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयले चेकजाँच नगरी बसलाई छाडेको पाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*