मकवानपुरमा कोरोना संक्रमितको सख्या ३ हजार नजिक

बाइलाइन नेपाल
८ कार्तिक २०७७, शनिबार १३:३९

हेटौंडा । मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार नजिक पुगेको छ । शनिबार बिहानसम्मको रिपोर्ट अनुसार मकवानपुरमा १४ हजार ५ सय ३९ जनाको पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्यमा २ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुरमा शुक्रबार एकै दिन भने कोरोना संक्रमित ७१ जनामा कोरोना पुष्टि भएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए । मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछि पीसीआर परीक्षणको कामलाई तिब्रता दिइएको छ ।

पछिल्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको र मकवानपुरमा पनि संक्रमितको सख्या २९सय ५४ जना पुगेको वाग्मती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिए । पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ ।

हेटौंडाको मुख्य बजार क्षेत्रका विभिन्न वडाका टोलटोलमा कोरोना भाइरस संक्रमित देखिएका छन् । घना वस्ती भएका क्षेत्र र मुख्य बजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् ।हेटौंडा उपमहानगरपालिकाको तुलनामा मकवानपुरका अन्य स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*