मुटुको शल्यक्रिया गरेका मुख्यमन्त्री पौडेललाई कोरोना भएपछि काठमाडौं लगियो

बाइलाइन नेपाल
७ कार्तिक २०७७, शुक्रबार १८:१४

कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं लगिएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी श्रीमती विजयालाई समेत उपचारका लागि राजधानी ल्याइएको हो।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । एक दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंडा अस्पतालका चिकित्सकले पौडेलको उपचार गरिएको थियो ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि पौडेल दम्पतीलाई काठमाडौं लगिएको पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। पौडेलको उपचार गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ ।

एकदिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी श्रीमती, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सामान्य रुघाखोकी मात्र देखा परेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*