हेटौंडामा शुक्रबार बिहानै थपिए २१ जना संक्रमित

बाइलाइन नेपाल
७ कार्तिक २०७७, शुक्रबार ०७:०५

हेटौंडा । हेटौंडामा आज २१ जना संक्रमित थपिएका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तहमा बसोबास गर्नेसहित २१ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा १७ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा सबैभन्दा धेरै हेटौंडा– ११ मा ६ जना र अरु संक्रमित अन्य वडाका रहेका छन् । मनहरी गाउँपालिकाको १ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । अन्य ३ जना अन्य जिल्ल घर भई हेटौंडा बसोबास गर्दै आइरहेका रहेका छन् ।

कात्र्तिक ४ गते गते संकलन गरिएको १३५ जनाको स्वाब परीक्षण गर्दा २१ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष १९ र महिला २ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*