हेटौंडाका बिहीबार ६२ जनामा कोरोना संक्रमण

बाइलाइन नेपाल
६ कार्तिक २०७७, बिहीबार २०:३१

हेटौंडा । हेटौंडा उपमहानगरपालीकामा बिहीबार ६२ जनालाई कोरोना सक्रमण भएको छ । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार हेटौंडा उपमहनगपालिका भित्र बिहीबार बिहान र साँझ गरी ६२ जनामा संक्रमण देखा परेको हो ।

साझ जारी रिपोटए अनुसार हेटौंडामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४२ जना हेटौंडाका स्थायी वासिन्दा र एक जना काठमाण्डौ घर भइ कामको शिलसिलामा हेटौंडामा बस्दै आएकामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा १९ जना महिला र २४ जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरीक्षक भोला चौलागाईले बताए ।

यसैगरी बिहीबार बिहानको रिपार्ट अनुसार हेटौंडा उपमहानरपालिका भित्र आज १९ जना संक्रमित थपिएका थिए । । जनस्वस्थ्य निरीक्षक चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा–४ मा ६ जना, हेटौंडा–५ मा ३ जना, हेटौंडा–९ मा ४ जना, हेटौडा–११ मा ३ जना, हेटौंडा १०, १६ र १७ नम्बर वडामा एकएकजना संक्रमित रहेका छन् । कात्र्तिक ३ गते गते संकलन गरिएको मध्ये ७२ जनाको स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष ११ र महिला ८ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*