वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

बाइलाइन नेपाल
६ कार्तिक २०७७, बिहीबार २०:२६

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिन अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधी अपनाएर होम आईसोलेशनमा रहेका पौडेललाई कोरोना भएको हो ।

मुख्यमन्त्री पौडेलसँगै उनका धर्मपत्नी , एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा आज कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताए ।

मुख्यमन्त्री पौडेल, उनका धर्मपत्नी, चालक र सुरक्षाकर्मी सबैजना सुरक्षित सँग होम आइसोलेसनमा रहेको जनाइएको छ । कोरोना पुष्टि भएपनि समस्या भने नभएको सचिवालयले जनाएको छ । कोरोनाको लक्षण देखापरे देखिनै उनले स्वास्थ्य सावधानी अपनाएको उल्लेख छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*