बिहीबार हेटौंडाका १९ जनामा कोरोना पुष्टि

बाइलाइन नेपाल
६ कार्तिक २०७७, बिहीबार ०७:११

हेटौंडा । हेटौंडा उपमहानरपालिका भित्र आज१९ जना संक्रमित थपिएका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार हेटौंडा उपमहनगपालिका भित्रका विभिन्न वडामा बसोबास गर्ने १९ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा–४ मा ६ जना, हेटौंडा–५ मा ३ जना, हेटौंडा–९ मा ४ जना, हेटौडा–११ मा ३ जना, हेटौंडा १०, १६ र १७ नम्बर वडामा एकएकजना संक्रमित रहेका छन् । कात्र्तिक ३ गते गते संकलन गरिएको मध्ये ७२ जनाको स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष ११ र महिला ८ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*