मकवानपुरमा बुधबार थपिए १०३ जना संक्रमित

बाइलाइन नेपाल
५ कार्तिक २०७७, बुधबार १७:३६

हेटौंडा । मकवानपुरमा आज १०३ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले बुधबार बिहान र साँझ जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तहमा बसोबास गर्नेसहित १०३ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार बुधबार साँझ ६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जसमा हेटौंडा उपमहानगरपालिका भित्रमा ६३ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा–५ का १५ जना, हेटौंडा ४ र ६ मा सातसात जना, हेटौंडा–२ मा ६ जना र अरु संक्रमित अन्य वडाका रहेका छन् ।

सर्लाही र बर्दिया घर भई मकवानपुरमा बसोबास गर्ने २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाइएको छ । कात्र्तिक ३ गते गते संकलन गरिएको २८६ जना मध्ये १८६ जनाको स्वाब परीक्षण गर्दा ६५ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष ३५ र महिला ३० जना रहेका
छन् ।

यस्तै बुधबार बिहान मकवानपुरमा ३८ जना कोरोना संक्रमित थपिएका थिए । ति मध्ये हेटौंडा उपमहानगरपालिका भित्रका ३५ जना कोरोना संक्रमित रहेका थिए । जसमा हेटौंडा– मकवानपुरगढी गाउँपालिकाको ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । बिहान र साँझको रिपोर्ट अनुसार मकवानपुरमा बुधबार कोरोना संक्रमितको संख्या १०३ जना पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*