मकवानपुरमा बुधबार बिहानै थपिए ३८ जना संक्रमित

बाइलाइन नेपाल
५ कार्तिक २०७७, बुधबार ०७:०७

हेटौंडा । मकवानपुरमा आज ३८ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तहमा बसोबास गर्नेसहित ३८ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा ३५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा–२,४,५,७, ९, १० र ११ नम्बर वडामा चारचार जना र अरु संक्रमित अन्य वडाका रहेका छन् । मकवानपुरगढी गाउँपालिकाको ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कात्र्तिक २ गते गते संकलन गरिएको २८७ जना मध्ये ९३ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष २४ र महिला १४ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*