वाग्मती प्रदेशमा कोरोनाको परीक्षण र उपचार निःशुल्कः मन्त्री युवराज दुलाल

बाइलाइन नेपाल
४ कार्तिक २०७७, मंगलवार १९:३४
युवराज दुलाल

हेटौंडा । संघीय सरकारले अबदेखि कोरोनाको परीक्षणदेखि उपचारसम्म कोरोना भाइरस संक्रमितले नै गर्नुपर्ने बताए पनि बाग्मती प्रदेशमा निःशुल्क परीक्षण र उपचार कायम रहेको जनाइएको छ । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले वाग्मती प्रदेश सरकार अन्र्तगतका प्रयोगशाला र अस्पतालमा कोरोनाको परीक्षण र उपचारमा कुनै शुल्क नलाग्ने बताएका छन् ।

मन्त्री दुलालले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् प्रदेशमा कोरोना संक्रमणको उपचारमा कुनै शुल्क नलाग्ने बताएका हुने । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘बागमती प्रदेश सरकार अन्तर्गतका प्रयोगशाला र अस्पतालबाट कोभिड–१९ को परिक्षण र उपचार साविक बमोजिम निःशुल्क रहिरहेको र दशैंको बिदामा पनि परिक्षण र उपचार सुचारु रहिरहने ब्यहोरा आमप्रदेशबासीमा जानकारी गर्दछु ।’

संघीय सरकारले कात्र्तिकबाट कोरोना संक्रमितको परीक्षण देखि उपचारसम्म आफैले व्यर्होनु पर्ने बताएपछि देशभर विरोध हुँदै आएको छ । तर वाग्मती प्रदेश सरकारले प्रदेशवासीलाई प्रदेश सरकार अन्र्तगतका प्रयोगशाला र अस्पतालमा साबिक बमोजिम नै उपचार भइरहेको जनाएको छ । साथै दशैंमा समेत कोरोना परीक्षण र उपचार सुचारु रहने मन्त्री दुलालले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*