हेटौंडामा आज ७१ जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
४ कार्तिक २०७७, मंगलवार १४:२०

हेटौंडा । मकवानपुरमा आज ७१ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित ७१ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका भित्रमा ६६ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा–११ मा १५, हेटौंडा– ९ मा १३ जना, हेटौंडा– ५ मा ११ जना र अरु अन्य वडाका रहेका छन् । मकवानपुरगढी गाउँपालिकाको २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यस्तै गोरखा, डडेल्धुरा र बारा घर भई हेटौंडामा बसोबास गर्दै आएका ३ जना कोरोना संक्रमित फेला परेका छन् । कात्र्तिक २ गते गते संकलन गरिएको २८७ जना मध्ये १४७ जनाको स्वाब परीक्षण गर्दा ७१ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष ४३ र महिला २७ जना रहेका छन् । जसमध्ये एकजना तेश्रोलिंगी रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*