हेटौंडामा आज ३३ जनामा कोरोना संक्रमण

बाइलाइन नेपाल
२ कार्तिक २०७७, आईतवार १५:१२

हेटौंडा । मकवानपुरमा आज ३८ जना संक्रमित थपिएका छन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित ३८ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिा भित्रमा ३३ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा–४ मा ७ जना र अरु अन्य वडाका रहेका छन् । यस्तै वकैया र भीमफेदी गाउँपालिकामा एकएक जना कोरोना संक्रमित फेला परेका छन् । अन्यत्र घर भइ मकवानपुर बस्ने ३ जनामा पनि कोरोना देखा परेको छ । असोज ३० गते संकलन गरिएको १९३ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष १९ र महिला १९ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*