हेटौंडा उपमहानगरपालिका कार्यालय बन्द नहुने

बाइलाइन नेपाल
२ कार्तिक २०७७, आईतवार ०७:५८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कार्यालयले सेवाप्रवाह गर्ने भएको छ । कर्मचारीमा कोरोना देखा परेको भन्दै असोज ६ गतेसम्म नगरपालिका कार्यालय बन्द रहने जनाइएको थियो । तर हेटौंडा उपमहानगरपालिकाले सूचना जारी गर्दै कार्यालय सञ्चालन हुने जनाएको छ ।

दशैंको समयमा सेवाग्राहीहरुलाई समस्या पर्ने भन्दै कार्यालय निरन्तर सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका कार्यालय सहित १९ वटै वडा कार्यालयहरु सञ्चालनमा रहने छन् । लामो समयसम्म कार्यालय वन्द रहँदा समस्या हुने भन्दै पाँच दिन सम्मको कार्यालय बन्दको निर्णय फिर्ता लिइएको उपमहानगरपालिकाले जनाएको छ । कोरोनाको जोखिम रहेकाले सेवाग्रहीलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सेवा प्रदान गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*