दामनस्थित फलामे भर्याङ भिडियो छायांकनको केन्द्र बन्दै

बाइलाइन नेपाल
१ कार्तिक २०७७, शनिबार १३:०१

पछिल्लो समय मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित फलामे भर्याङ म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको छ । नेपालकै लामो भनिएको उक्त भर्याङ र भर्याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर पछिल्लो समय म्युजिक भिडियाको छायांकन गर्ने केन्द्र बन्न थालेको हो । बिभिन्न मिडियामा यस सम्बन्धी समाचार प्रकाशित भएपछि उक्त भर्याङमा एकै दिनमा दुईवटा म्युजिक भिडियोको छायांकन गरिएको छ ।

एकैदिन पालुङ जेसीजका पूर्व अध्यक्ष एवं नवक्षितिज कला केन्द्रका निर्देशक विजयश्याम अमात्यद्वारा निर्देशित ‘परदेशबाट’ एलबम र थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानद्वारा निर्देशित ‘गाजलु आँखैले’ एलबमको म्युजिक भिडियो छायाँकन यो फलामे भर्याङमा भएको हो ।

कलाकार एवम् निर्देशक विजयश्याम अमात्यले आफ्नो भिडियो निर्देशनको यात्रामा २७ औं म्युजिक भिडियो फलामे भ¥याङ र प्राकृतिक टावरमा छायांकन गरिएको बताए । रामकुमार प्रधानको रचना, चन्द्र श्रेष्ठको सङ्गीत र प्रताप दासको श्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा अस्मिता बिक र सुभाष सोनामले मोडेलिङ गरेका छन् भने पालुङ जेसीजका पूर्वअध्यक्ष भरत गोपाली, रत्न गोपाली र छविराम पराजुलीको समेत यसमा अभिनय रहेको छ । गीतमा दशैंमा घर आउन नपाएको परदेशी नेपालीको विषयवस्तु समेटिएको छ ।

दामनको भ¥याङमा म्युजिक भिडियो छायांकन गर्न मकवानपुरका युवा गायक तथा संगीतकार आशिष अस्लामी मगर पनि कलाकारहरुको साथमा पुगेका थिए । उनले आफ्नै स्वर तथा सङ्गीत रहेको ‘गाजलु आँखैले’ गीतमा म्युजिक भिडियोको छायाँकन गरिएको बताए। गीतकार बिवेक पाख्रिनको शब्द रहेको गीतको भिडियोमा भूपेन्द्र राना, सुजु थापा, कृपा गोपाली, सुबु रिजाल र सञ्चारकर्मी अमृत चिमोरियाको अभिनय छ । ‘गाजलु आँखाले’ यसअघि चर्चित ‘क्या राम्री’ म्युजिक भिडियोको ‘पार्ट टु’ को रुपमा रहेको छ ।

“यसै पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण दामनमा नेपालकै लामो भर्याङ निर्माण भएको खबरले हामीलाई झनै आकर्षित ग¥यो”, अस्लामीले भने । आइतबार छायांकन गरिएको म्युजिक भिडियोमा ड्रोनबाट समेत प्राकृतिक टावर र भर्याङका दृश्यहरु कैद गरिएका छन् ।
त्यस्तै फलामे भ¥याङ र प्राकृतिक टावर ‘सेल्फी’ लिन चाहनेहरुका लागि समेत आकर्षणको केन्द्र बन्न थालेको छ । सूर्योदयदेखि नै भर्याङ चढ्नेहरुको ताँती लाग्ने गरेको स्थानीय समाजसेवी विनोद लामाले बताए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*