मकवानपुरमा आज १२० जनामा कोरोना संक्रमण पुष्टि, अधिकाश संक्रमित हेटौंडा भित्रका

बाइलाइन नेपाल
१ कार्तिक २०७७, शनिबार ०७:५८

हेटौंडा । मकवानपुरमा दैनिक एकसय भन्दा धेरैको संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् । कात्तिक १ गते शनिबार मकवानपुरमा १२० जना संक्रमित थपिएका हुन् । जसमा अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित १२० जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिा भित्रमा १०३ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा–५ मा २२जना, हेटौंडा–४ मा २० जना, हेटौंडा–८ मा १२ जनालगायत रहेका छन् । यस्तै मनहरी गाउँपालिकामा ६ जना, भीमफेदी, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकामा पनि कोरोना संक्रमित थपिएका छन् । अन्यत्र घर भइ मकवानपुर बस्ने ३ जनामा पनि कोरोना देखा परेको छ । असोज २९ गते संकलन गरिएको २१८ जनाको स्वाब परीक्षण गर्दा १२० जनामा कोरोना देखा परेको हो । जसमा पुरुष ७१ र महिला ४९ जना रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*