दशैंमा मकवानपुरका शक्तिपिठमा सर्वसाधारणलाई प्रवेशमा रोक

बाइलाइन नेपाल
३० आश्विन २०७७, शुक्रबार १९:३२

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिन्दु नेपालीहरुको महान पर्व बडादशैमा शक्तिपिठहरुमा सामूहिक पूजा गर्न रोक लगाएको छ । शुक्रबार प्रशासनले सूचना जारी गर्दै शक्ति पिठहरुमा नित्य पूजाबाहेक अन्य दर्शनका लागि सर्वसाधारणलाई मन्दिर प्रवेशमा पूर्ण रोक लगाएको जनाएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा जारी सूचनामा घटस्थापनादेखि नवमीसम्म शक्तिपिठ, मन्दिर तथा विभिन्न स्थानमा दुर्गा भगवतीको मुर्ती स्थापना गरी हुने पूजामा सर्वसाधारण जम्मा हुँदा कोरोना संक्रमण हुने भएकाले रोक लगाइएको उल्लेख छ । अटेर गरेमा कानून बमोजिम कारबाही गर्ने सूचना उल्लेख गरिएको छ ।

प्रशासनले कोरोनाका कारण सिर्जित अहिलेको अवस्थामा एकाघरका परिवारका सदस्य बीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दशैं मनाउन आग्रह गरेको छ । गृह मन्त्रालयले यसअघि नै सार्वजनिक स्थानमा पिङ नहाल्लन अनुरोध गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*