मउवासंघले दशैंमा विपन्नलाई खाद्यान्न प्रदान गर्ने

बाइलाइन नेपाल
३० आश्विन २०७७, शुक्रबार १७:२७
फाइल तस्वीर

हेटौंडा । उद्योगी, व्यवसायीको छातासंस्था मकवानपुर उद्योग वाणिज्य संघले विपन्नलाई दशैंमा राहत बाड्ने भएको छ । कोरोनाका कारण विपन्नहरुले काम नपाउँदा समस्या भएको भन्दै दशैंका लागि लक्षित गरेर राहत बाड्न लागेको संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

कोरोनाका कारण समस्यामा परेका विपन्न परिवारलाई दशैंका लागि खाद्यान्नसहित विभिन्न उपभोग्य वस्तु भोली कात्र्तिक १ गतेबाट वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष कटुवालले बताए । संघको पल्पसा हल परिसरबाट वितरण गर्ने गरी चिउरा, नुन, तेल, मसला, बिस्कुट, साबुनजस्ता अत्यावश्यक सामान राहतकोरुपमा वितरण हुने उपाध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । ।

राहत वितरणमा एन्टार्टिक बिस्कुट उद्योग, युनिलिभर नेपाल, नेपाल खाद्यान्न व्यवसायी संघ, मकवानपुरलगायतका निकायहरुबाट सहयोग रहेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*