होशियार ! मकवानपुरमा बिहानै ११४ जनामा कोरोना पुष्टि (पूर्ण विवरणसहित)

बाइलाइन नेपाल
३० आश्विन २०७७, शुक्रबार ०७:४२

हेटौंडा । मकवानपुरमा आज शुक्रबार बिहानै सार्वजनिक गरिएको रिपोर्टमा ११४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले जारी गरेको रिपोर्ट अनुसार मकवानपुरका विभिन्न स्थानीय तह र अन्यत्र घर भई मकवानपुरमा बसोबास गर्नेसहित ११४ जनामा कोरोना पुष्टि भएको हो ।

जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिा भित्रमा ९३ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा–११ मा ३० जना, हेटौंडा–४ मा १९ जना, हेटौंडा–५ मा १३ जना रहेका छन् । यस्तै मनहरी गाउँपालिकामा ८ जना, भीमफेदीमा–२ जना, वकैयामा–२ जना मकवानपुरगढीमा–३ जना, वाग्मती गाउँपालिकामा–१ र अन्यत्र घर भई मकवानपुर बस्ने ५ जनामा कोरोना देखा परेको छ । असोज २८ गते संकलन गरिएको १९७ जनाको स्वाब परीक्षण गर्दा ११४ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष र महिला ५७, ५७ जना रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*