हेटौंडामा बुधबार बिहानै थपिए ७९ जना संक्रमित

बाइलाइन नेपाल
२८ आश्विन २०७७, बुधबार ०७:१४

हेटौंडा । मकवानपुरमा बुधबार बिहानै ७९ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहान सार्वजानिक गरिएको नतिजामा मकवानपुरमा ७९ जना कोरोना संक्रमित देखा परेका हुन् । हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार ७९ जना मध्ये ७३ जना हेटौंडा उपमहानगपािलका भित्रका रहेका छन् ।

यस्तै मकवानपुरगढी गाउँपालिकाका २ जना, बकैया गाउँपालिकाका १ जना र हेटौंडा बसोबास गर्ने बाहिरी जिल्लाका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । असोज २६ गते संकलन गरिएको २१५ जनाको स्वाब मध्ये १५३ जनाको परीक्षण गर्दा ७९ जनामा कोरोना देखा परेको उल्लेख छ । कोरोना पुष्टि भएका मध्ये ५३ पुरुष र २६ जना महिला रहेका छन् । हेटौंडा उपमहानगरका विभिन्न वडाका २६ जना महिला र ४७ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*