चौकिटोलका पौडेल सम्पर्कविहीन

बाइलाइन नेपाल
२७ आश्विन २०७७, मंगलवार २०:२४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल निवासी एक व्यक्ति सम्पर्कविहीन भएको भन्दै परिवारले खोजतलाशका लागि सबैसँग आग्रह गरेका छन् । हेटौंडा–१ चौकीटोल निवासी गहुँगोरो वर्णका वर्ष ६१ का विष्णुप्रसाद पौडेल असोज १२ गते राती ८ बजेदेखि परिवारको सम्पर्कबाट बाहिर रहेको जनाइएको छ ।

उनले पायल चप्पल खरानी रङ्गको धर्के फुल सर्ट, छिरबिरे रङ्गको पाइन्ट र ढाका टोपी लागाएका पौडेल आजसम्म सम्पर्कविहीन भएकाले देख्नुहुने जो कोहीले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन परिवारले आग्रह गरेका छन् । उनको साथमा मोबाइल तथा अन्य परिचय खुल्ने कुनै पनि कागज पत्र साथ मा नभएको जनाइएको छ । कसैले कुनै स्थानमा माथि भनिएको हुलियाको मानिस देख्नु भए वा भेट्नु भएमा नजिकै को प्रहरी कार्यलय वा ९८४५२९९४३३, ९८४५२९९४३२ तथा ९८६००५०२३१ नम्बरमा सम्पर्क गरिदिनु हुन बिनम्र अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*