मकवानपुरमा एकै दिन १२५ जनामा कोरोना, हेटौंडामा मात्रै १०७ जना

बाइलाइन नेपाल
२७ आश्विन २०७७, मंगलवार ०७:०५
फाइल तस्वीर

मकवानपुरमा एकैदिन १२५ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सार्वजानिक गरिएको नतिजामा मकवानपुरमा एकैपटक यती धेरै कोरोना संक्रमित देखा परेका हुन् । हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोला चौलागाईँले दिएको जानकारी अनुसार १२५ जना मध्ये १०७ जना हेटौंडा उपमहानगपािलका भित्रका रहेका छन् ।

यस्तै वाग्मती गाउँपालिकाका १४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना र हेटौंडा बसोबास गर्ने बाहिरी जिल्लाका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मकवानपुरमा एकैपटक संक्रमित हुने अहिले सम्मकै धेरै संख्या भएको चौलागाईंले जानकारी दिए ।

असोज २५ गते संकलन गरिएको २९६ जनाको स्वाब परीक्षण गर्दा १२५ जनामा कोरोना देखा परेको उल्लेख छ । कोरोना पुष्टि भएका मध्ये ४८ महिला र ७७ पुरुष रहेका छन्, । हेटौंडा उपमहानगरका विभिन्न वडाका ४१ जना महिला र ६६ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, बागमती गाउँपालिकाका ६ महिला र ८ पुरुष रहेका छन्, । मकवानपुरगढी गाउँपालिकाका १ जना महिला र जिल्ला बाहिर ठेगाना भएका ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*