हेटौंडामा २९ र वाग्मती गाउँपालिकामा १३ जनालाई कोरोना

बाइलाइन नेपाल
२६ आश्विन २०७७, सोमबार ०६:५९

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमित थपिने क्रम जारी रहेको छ । आज सोमबार बिहान मकवानपुरमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बिहान सार्वजनिक गरिएको नतिजामा मकवानपुरका ४२ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए ।

असोज २३ गते संकलन गरिएको स्वाब मध्ये १२० जनाको परीक्षण गर्दा १७ महिला र २५ पुरुषमा कोरोना देखिएको जनाइएको छ । हेटौंडा उपमहानगरका विभिन्न वडाका १३ जना महिला र १६ जना पुरुष गरी २९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, वाग्मती गाउँपालिकाका १३ जनासंक्रमित फेला परेका छन् । जसमा ३ महिला र ९ पुरुष रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*