कर्मचारीमा कोरोना देखिएपछि मनहरी गाउँपालिका कार्यालय बन्द

बाइलाइन नेपाल
२५ आश्विन २०७७, आईतवार १३:३१

हेटौंडा । कोभिड १९ संक्रमण गाउँपालिकाका कर्मचारीहरुलाई पनि निरन्तर देखा परेपछि मनहरी गाउँ कार्यपालिकाको कार्य सम्पादन पाँच दिनका लागि बन्द भएको छ । सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले आज असोज २५ गतेदेखि ३० गतेसम्म गाउँपालिकाको रजैयास्थित कार्यपालिका भवन बन्द रहने जानकारी दिए ।

असोज २२ गते लिइएको स्वाबको नतीजामा केही कर्मचारीहरु र स्थानीय व्यक्तिहरुमा समेत पोजेटिभ देखिएकाले कार्यालय बन्द गर्नुपरेको भन्दै कार्यालय बन्द हुँदा जनमानस र सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति गाउँपालिकाले क्षमा मागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*