युवा संघ मकवानपुरका अध्यक्ष चौलागाईंले मामाघरमा मनाए जन्मदिन

बाइलाइन नेपाल
२५ आश्विन २०७७, आईतवार १३:१९

हेटौंडा । राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले आफ्नो जन्मदिन मामाघर नेपालमा मनाएका छन् । आज परेको जन्मदिनको अवसरमा सडक बाबालिकाको व्यवस्थापनमा सक्रिय मामाघरलाई सहयोग गरेर उनले जन्मदिन मनाएका हुन् ।

विभिन्न सामाजिक संघ संगठनमा आवद्ध चौलागाईंले ३२ औं जन्मोत्सव अवसरमा हेटौंडा–११ मा रहेको मामाघर नेपाललाई १० थान ब्लाङ्केट सहयोग स्वरुप उपलब्ध गराएका हुन् । उनले सहयोग मामाघर नेपालका सञ्चालक अर्पण पराजुलीलाई हस्तान्तरण गरेका थिए । उनले सहयोगसँगै जन्मदिनको अवसरमा मामाघरमा आश्रित बालबालिकासँग केक समेत काटेका थिए ।

मामाघरमा जन्मदिन मनाउन उनका पिता भीमसेन चौलागाईं, माता भक्तकुमारी चौलागाईंका साथै नेकपाका नेताहरु एकलाल श्रेष्ठ, प्रकाश पाण्डे, सुनिल मोक्तान लगायतको सहभागिता रहेको थियो । उनलाई मामाघर नेपालले सहयोगका लागि धन्यवाद दिँदै जन्मदिनको शुभकामना व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*