संघीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो : मुख्यमन्त्री पौडेल

बाइलाइन नेपाल
२५ आश्विन २०७७, आईतवार १२:५५

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानुनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौँडामा सम्बोधन गर्दै उनले सङ्घीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुने बताए ।

उनले जनप्रतिनिधले विकासको पूर्वाधार भन्नाले डोजरद्वारा सडक निर्माण गर्ने भन्ने बुझाइलाई त्याग्न र  जनतालाई प्रत्यक्ष लाभ पुग्ने पूर्वाधार तयार गर्न आग्रह गरे । मुख्यमन्त्री पौडेलले वडा समितिमार्फत सिफारिस गरिएका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय निकायलले जोडदिनुपर्छर्ने बताए । उनले झोलुङ्गे पुल, कृषि सडक, सिँचाइ, तटबन्धनको निर्माण, ग्रामीण विद्युतीकरण र वातावरण सुधारको पक्षमा प्रदेश सरकारले पनि आफ्नो सीमित स्रोत साधन परिचालन गर्ने उल्लेख गरे ।

सो अवसरमा प्रदेशसभाका सदस्यद्वय प्रेमबहादुर पुलामी र सन्तबहादुर प्रजाले विपन्न जनताको आयआर्जन हुने कार्यक्रम बनाउन जोड दिए । उनीहरूले पूर्वाधारका योजनालाई निश्चित समयमा सम्पन्न गर्नेतर्फ स्थानीय जनप्रतिनिधिको भूमिक सशक्त हुनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*