शनिबार बिहानै हेटौंडामा २४ जना संक्रमित थपिए

बाइलाइन नेपाल
२४ आश्विन २०७७, शनिबार ०७:११

हेटौंडा । हेटौंडामा आज शनिबार बिहानै २४ जना कोरोना संक्रमित थपिएका छन् । बिहान सार्वजनिक गरिएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रका २० जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै मकवानपुरगढी गाउँपालिकामा एक जना र सिराहा, सिन्धुली र ललितपुरका पनि एकएक जनामा संक्रमण देखा परेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । असोज २३ गते संकलन गरिएको २११ जनाको स्वाब मध्ये ९३ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*