हेटौंँडामा भएका भिन्नाभिन्नै दुर्घटनामा २ जनाको मृत्यु

बाइलाइन नेपाल
२४ आश्विन २०७७, शनिबार ०६:२७

हेटौंडा । हेटौंँडामा  शुक्रबार  साँझ भएको दुई फरक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग (धरान– चतरा) अन्तर्गत हेटौँडा –१८ मा ट्रयाक्टरको ठक्करबाट अपराह्न एक जनाको र हेटौंँडा– ६ को रोहिणी हाउजिङमा करेन्ट लागेर अर्का एक जनाको मृत्यु भएको छ ।

हटियाबाट हर्नामाडीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३९२६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री हेटौँडा –१७ की २९ वर्षीया शर्मिला विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रयाकर प्रहरी नियन्त्रणमा रहेको भए पनि चालक भने फरार रहेको जनाइएको छ ।

त्यस्तै हेटौंँडा –६ स्थित रोहिणी हाउजिङ एण्ड स्वस्तिक कोलोनीमा सोलार प्यानल जडान गर्नेक्रममा करेन्ट लागेर घाइते भएका नवलपरासी, कावासोतीका ३० वर्षीय ऋषिराम पोखरेलको ज्यान गएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*