उच्च अदालत बारमा पोखरेल, जिल्लामा केबीको नेतृत्व

बाइलाइन नेपाल
२३ आश्विन २०७७, शुक्रबार २०:३९

हेटौंडा । उच्च अदालत बार एशोसिएसन हेटौंडा र जिल्ला अदालत बार एशोसिएसन मकवानपुरमा नयाँ नेतृत्व चयन भएको
छ । उच्च अदालत बार एशोसिएसन हेटौंडाको अध्यक्षमा अधिवक्ता सुशीलकुमार पोखरेल र जिल्ला बार एशोसिएसनमा अधिवक्ता ऋषि केबी निवार्चित भएका हुन् ।

उच्च अदालत बार एशोसिएसन हेटौंडामा प्रगतिशील कानुन व्यवसायीबाट एक मात्र उम्मेदवार पोखरेल निर्विरोध निर्वाचित भएका हुन् । प्रजातान्त्रिक कानुन व्यवसायीको तर्फबाट कुनै पनि उम्मेदवारी नपरेपछि पोखरेललाई निर्विरोध निर्विाचित गरिएको निर्वाचन अधिकृत दिनेश कुमार रेग्मीले जानकारी दिए ।

नयाँ समितिको उपाध्यक्षमा रामकृष्ण देउला, सचिवमा अरुणकुमार खतिवडा, सह–सचिवमा मुना मानान्धर, कोषाअध्यक्षमा प्रमिला केसी निर्वाचित हुनुभएको छ । यस्तै केन्द्रिय पार्षदमा हरिप्रसाद भट्ट, मीनबहादुर श्रेष्ठ चयन भएका छन् । महिला सदस्यमा ज्योति घिमिरे, सदस्यमा श्रीराम दाहाल, सुजन तिमल्सिना, कृष्णप्रसाद खतिवडा, निरज मैनाली, ज्ञानेश्वर फुँयाल्, एकनारायण शर्मा, सञ्जीव पराजुली निर्वाचिन भएका छन् ।

यस्तै जिल्ला अदालत बार एशोसिएसन मकवानपुरको शनिबार निर्वाचन हुने भनिए पनि प्रगतिशील कानुन व्यवसायीको तर्फबाट मात्रै उम्मेदवारी परेका कारण केबी निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला अदालत बार एशोसिएसनको उपाध्यक्षमा रामप्रसाद रिमाल, सचिवमा जयराम सुवेदी, सहसचिवमा शान्ति माया मुक्तान, कोषाध्यक्षमा रमीता चौलागाई, केन्द्रिय पार्षदमा अज्मीर केसी चयन भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*