मकवानपुरका सिडिओ नेपालको सरुवा

बाइलाइन नेपाल
२२ आश्विन २०७७, बिहीबार २०:२९

हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा भएको छ । मकवानपुरका सिडिओ दीपकराज नेपाललाई बारा सरुवा गरेको जनाइएको छ । उनलाई अब बाराको प्रमुख जिल्ला अधिकारीको जिमेवारी दिइएको उल्लेख छ । नेपालको मकवानपुरमा सिडिओ भएर काम गरेको ७ महिनामै सरुवा भएको छ । उनि २०७६ चैतमा मकवानपुर आएका थिए ।

सिडिओ नेपालको बारा सरुवा भएसँगै मकवानपुरको सिडिओमा गोविन्दप्रसाद रिजाल आउने भएका छन् । उनि दाङमा सिडिओको रुपमा कार्यरत रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*