हेटौंडामा बिहानै थपिए ५४ जना कोरोना संक्रमित

बाइलाइन नेपाल
२२ आश्विन २०७७, बिहीबार ०७:०६
फाइल तस्वीर

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमित थपिने क्रम जारी रहेको छ । बिहीबार बिहान सार्वजनिक गरिएको रिपोर्ट अनुसार मकवानपुरमा ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईँले दिएको जानकारी अनुसार २१ महिला र ३९ पुरुषमा संक्रमण पुष्टी भएको छ ।

असोज २१ गते संकलन गरिएको ९७ जनाको स्वाब परीक्षण गर्दा ६० जनामा कोरोना पुष्टि भएको जनाइएको छ । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५४ जना, मनहरी गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका १ जना र हेटौंडा बस्ने एक भारतीय सहित ६० जनामा पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*