शिक्षकलाई कोरोना संक्रमण भएपछि वाग्मती गाउँपालिकामा विद्यालय बन्द

बाइलाइन नेपाल
२१ आश्विन २०७७, बुधबार २१:२५

हेटौंडा । वाग्मती गाउँपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको छ । पालिकाभित्र अध्यापन गराउने शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो । गाउँपालिकाले आउँदो दशैँसम्म सामुदायिक तथा निजी विद्यालय सञ्चालन नगर्नरनगराउन आग्रह गरेको छ । गाउँपालिकाका सात जनालाई हेटौँडाको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेमा गाउँपालिकाका शिक्षक पनि थिए ।

वाग्मतीका सातसहित मंगलबार जिल्लामा १० नयाँ संक्रमित थपिएका छन् । बागमतीमा एकै पटक सात जनामा संक्रमण देखिएको यो पहिलो हो । गाउँपालिका अध्यक्ष सर्केश घलानले शिक्षकलाई कोरोना संक्रमण देखिएका कारण कोरोना जोखिम बढ्ने अवस्था आएपछि विद्यालय बन्द गरिएको जानकारी दिए । ‘गाउँपालिकामा संक्रमित भएकामध्ये शिक्षक पनि रहेछन् । विद्यार्थी र समुदायमै कोरोना फैलिन सक्ने डरले विद्यालय बन्द गराएका हौँ’, अध्यक्ष घलानले भने । काभ्रे, सिन्धुली, रौतहटसँग सीमा जोडिएको बागमतीमा इन्टरनेट नपुगेका कारण अनलाइन पढाइ हुन सकेको छैन ।

सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार १ असोजदेखि जोररबिजोर प्रणालीबाट विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई भने नियमित विद्यालयमा उपस्थित भई आवश्यक आन्तरिक कार्य गर्न निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*