मकवानपुरमा एकै दिन ५१ जनालाई कोरोना

बाइलाइन नेपाल
२० आश्विन २०७७, मंगलवार २०:०८

हेटौंडा । मकवानपुरमा एकै दिन मकवानपुर ५१ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ । आज मंगलबार बिहान १० जना र साँझ ४१ जनासहित ५१ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले साँझ सार्वजनिक गरेको विवरण अनुसार हेटौंडा उपमहानगरपालिका भित्रका ३७ र मनहरी र मकवानपुरगढी गाउँपालिकाका गरी ११ जना र सिन्धुली र बारा जिल्लाका ११ जनामा कोरोना देखा परेको जनस्वस्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । बिहान सार्वजनिक गरिएको तथ्याङ्कमा थाहा नगरपालिकाका ३ जना र वाग्ममती गाउँपालिकाका ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चौलागाईंले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*