हेटौंडामा एकैदिन थपिए ३१ जना कोरोना संक्रमित

बाइलाइन नेपाल
१५ आश्विन २०७७, बिहीबार २१:२८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा बिहीबार राती ३१ जना कोरोना संक्रमित थपिएका छन् । आर्युर्वेद तथा जनस्वास्थ्य प्रर्वदन शाखा हेटौंडाले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिकामा ३१ र मकवानपुर जिल्लाका अन्य स्थानीय तहमा ६ जना संक्रमित फेला परेका हुन् ।

जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले दिएको जानकारी अनुसार हेटौंडाका १४ वटा वडामा ३१ जना संक्रमित फेला परेका हुन् । जसमा १२ जना महिला र १९ जना पुरुष रहेका छन् । बिहीबार सार्वजनिक गरिएको रिर्पोट असोज १२, १३ र १४ गते संकलन गरिएको स्वाबको भएको चौलागाईंले जानकारी दिए । अन्यमा भीमफेदी, मनहरी र बकैया गाउँपालिकाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*