चीनमा नयाँ ब्याक्टेरियाका कारण हजारौं बिरामी

एजेन्सी
६ आश्विन २०७७, मंगलवार ०७:२०

एकातिर संसार कोरोनाभाइरसको कहरसँग जुधिरहेको छ जुन चीनको ऊहानबाट संसारभरी फैलिएको थियो अब अर्कोतर्फ चीनको उत्तर पश्चिमी इलाकामा रहेको गेन्सू प्रान्तको लानजोउ शहरमा सयौं मानिसहरु एक नयाँ संक्रमणबाट पीडित भएका छन् ।

यो संक्रमण ब्रूसेलोसिस ब्याक्टेरियाबाट फैलिरहेको छ र ठूलो संख्यामा मानिसहरुलाई पीडित बनाइरहेको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गेन्यू प्रान्टको सेन्टर फर डिजिज कन्ट्रोल विभागलाई उद्धृत गर्दै यो ब्याक्टेरियाका कारण करिब ३ हजार २ सय ४५ जना संक्रमित भएको जानकारी दिएको छ ।

गत सोमबार २१ हजार व्यक्तिको परीक्षण गरिएको थियो जसमा सुरुवाती रुपमा ४ हजार ६ सय ४६ व्यक्ति पोजेटिभ देखिएका थिए । यद्यपि, यो संख्या अझै धेरै हुनसक्छ र हाल यो फैलने हो कि भनेर प्रशासन र सर्वसाधारण चिन्तामा छन् । पत्रिकाको रिपोर्ट अनुसार ११ सरकारी संस्थालाई निःशुल्क परीक्षण र उपचारका लागि अस्पतालको दर्ता दिइएको छ ।

के हो ब्रूसेलोसिस र यो कसरी फैलन्छ ?

ब्रुसेलोसिस एक ब्याक्टेरियाले निम्त्याउने रोग हो जुन विशेषगरी गाई, भेडा, बाख्रा, सुँगुर र कुकुरलाई संक्रमित गराउँछ । मानिसहरु संक्रमित जनावरको सम्पर्कमा आए उनीहरु पनि संक्रमित हुने सम्भावना छ ।

यस्तै, संक्रमित पशु उत्पादन खाँदा वा हावामा भएको ब्याक्टेरिया सास फेर्दा मानिससम्म पुग्न सक्छ ।विश्व स्वास्थ्य संगठनका अनुसार धेरैजसो यो रोग संक्रमित जनावर बिना नै पश्चरीकृत दुध वा पनिरको सेवनले मानिसमा सरिररहेको छ ।

मानिस–मानिसबीच संक्रमण फैलने सम्भावना निकै कम छ ।विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग संसारका अन्य देशमा पनि देखिएको जानकारी आइरहेको छ । यसको उपचार सम्भव छ । औषधीको सिलसिला एक–डेढ महिनासम्म चल्नसक्छ ।

के हो यसको लक्षण ?

रोगको लक्षण देखिन एक हप्तादेखि २ महिना लाग्नसक्छ । तर धेरैजसो २ देखि ४ हप्ताको बीचमा देखिन्छ । ज्वरो आउनु, पसिना निस्कनु, थकाई लाग्नु, भोक नलाग्नु, टाउनको दुख्नु, तौल घट्नु र मांसपेशीमा दुखाई हुनु यो रोगको मुख्य लक्षण हो ।

कुनै लक्षण लामो समयसम्म रहिरहन सक्छ भने कसैमा यो थोरै समयका लागि देखिन्छ । जस्तै कि पटक–पटक ज्वरो आउनु, जोर्नी दुख्नु, अण्डकोष सुन्निनु, मुटु वा कलेजो सुन्निनु, थकान, डिप्रेसन आदि । थुप्रै पटक लक्षण निकै हल्का हुन्छन् ।

चीनमा यो कसरी सुरु भयो ?

यो ब्याक्टेरिया गत वर्ष जुलाई–अगस्टमा एक फ्याक्टिमा भएको चुहावट पछि फैलिएको थियो ।यो ब्याक्टेरियाको उपचारका लागि बन्ने ब्रूसिला भ्याक्सिनको उत्पादनमा एक्सपाइर भइसकेका किटाणु नाषकको प्रयोग गरिएको थियो जसका कारण ब्याक्टेरियाबाट संक्रमित एरोसोल्स हावामा फैलिएको थियो । त्यसपछि यो हावामार्फत् मानिसहरुमा संक्रमण फैलियो र यो रोगको सुरुवात भयो ।

त्यसपछि के कारवाही गरियो ?

न्यूज एजेन्सी एनएनआईले लानजोउ हेल्थ कमिशनलाई उद्धृत गर्दै यो रोग फैलिएको एक महिनापछि प्रान्तीय र म्यूनिसिपल अधिकारीले फ्याक्ट्रिको चुहावटका लागि अनुसन्धान सुरु गरे । जनवरीसम्म यो कारखानाको भ्याक्सिन उत्पादनको लाइसेन्स रद्द गरियो ।

कारखानामा कूल सात जनावरको औषधीको अप्रुभल नम्बर रद्द गरियो ।एएनआईका अनुसार कारखानाले फेब्रुअरीमा सार्वजनिक रुपमा माफी माग्यो र आफूले यो मामिलामा जिम्मेवार आठ व्यक्तिलाई कडा सजाय दिएको जानकारी दियो ।

स्रोतः बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*