मउवासंघ महिला उद्यमी समितिले गर्यो पुर्नस्थापना केन्द्रलाई सहयोग

बाइलाइन नेपाल
५ आश्विन २०७७, सोमबार १९:१९

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले सोमबार अनाथ अपाङ्ग बाल पुर्नस्थापना केन्द्रलाई केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ ।

संघका अध्यक्ष कृष्ण कटुवाल र महिला समितिकी सभापति निलम बैद्यले सञ्चालक कोइरालालाई आलु १ बोरा, गेडागुडी १० किलो, दाल १० किलो, तेल १ कार्टुन, नुहाउने साबुन २ दर्जन, लुगाधुने साबुन एक कार्टुन, सर्फ १० किलो चना ५ किलो, चिउरा ५ किलो, केश तेल एक दर्जन, टुथपेस्ट एक दर्जन, काइयो २ दर्जन, टुथ ब्रस २ दर्जन, सोयाबिन ५ किलो, नुन ५ पाकेट, चिनी ५ किलो, चाउचाउ १ कार्टुन, मासु ७ किलो, दुध ५ लिटर र औषधिहरु हस्तान्तरण गरेका हुन् ।

हेटौंडा–१४ मयूरधापस्थित केन्द्रमा सभापति बैद्यको सभापतित्व तथा संघका अध्यक्ष कटुवालको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै सभापति बैद्यले कोरोनाकालको बिषम परिस्थतिमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । अध्यक्ष कृष्ण कटुवालले हाल कोरोनाको त्रास कायमै रहेपनि १–२ बर्षभित्रै सबै क्षेत्र पूनस्र्थापित हुने विश्वास व्यक्त गरेका छन् । उनले केन्द्रलाई एकबर्षको वाइफाईको व्यवस्था गरिदिने बताउदै केन्द्रको आग्रहअनुसार दुईजना बालकहरुको पढाईको व्यवस्था गरिदिने बताए ।

कार्यक्रममा केन्द्रका सञ्चालक रामहरि कोइरालाले बन्दाबन्दीको समयमा केन्द्रलाई समस्या हुने हो कि भन्ने डर रहेको भएपनि विभिन्न दाताहरुको सहयोगले टरेको बताएका । उनले केन्द्रमा यसअघि १७ जना बालबालिका रहेकोमा हाल १० जना बौद्धिक अपांग र २ जना सबलांग रहेको जानकारी दिएका हुन । २ जना बालकहरु, सन्तोष माझी र शिखर माझीको पढाईलाई निरन्तरता दिन सहयोगको अपेक्षा रहेको उनले बताएका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले माहामारीका बीच महिला उद्यमीहरुले गरेको सहयोग महत्वपूर्ण रहेको बताए । कार्यक्रममा संघका सदस्य सदस्यहरु राजाराम कार्की, प्रतिमा श्रेष्ठ, मउविस उपसभापति कमला श्रेष्ठ, मउविस सदस्यहरु निलम देवकोटा, सीता भेटवाल, सुचना श्रेष्ठ, सुनिता श्रेष्ठ, मिनु अग्रवाल, पिताम्बरी पहारी र रिना गौतमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*