संवैधानिक प्रक्रिया र मर्मलाई नजर अन्दाज नगरौंः अध्यक्ष पौडेल

बाइलाइन नेपाल
३ आश्विन २०७७, शनिबार ०६:४१

हेटौंडा । संविधानसभा सदस्य परिषद् नेपालका अध्यक्ष अनन्तप्रसाद पौडेल नेपालको संविधान जारी भएको आज ५ बर्ष पुरा भएको अवसरमा बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । अध्यक्ष पौडेलले विज्ञप्ती जारी गर्दै स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

उनले संविधान कार्यान्वयनमा देखा पर्ने जटीलताहरुलाई राजनीतिक दलहरुले संविधानवादमा आधारित भएर हल गर्न सकारात्मक भूमिका निर्बाह गर्नु आवश्यक रहेको बताएका छन् । । राजनीतिक समस्या व्यवस्थापन गर्ने क्रममा संवैधानिक प्रकृया र मर्मलाई नजर अन्दाज गर्न खोजियो भने संविधान एउटा अमूर्त दस्तावेजमा परिणत हुने र मुलुक संवैधानिक अराजकता तर्फ उन्मुख हुन सक्ने परिस्थिति प्रति सचेत हुनुपर्ने उनको भनाई छ । ।

अध्यक्ष पौडेलले नेपाली जनताको सात दशक लामो संघर्षको ऐतिहासिक उपलब्धिको रुपमा समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधान सभाबाट २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको आज ५ बर्ष पुरा भएको उल्लेख गरेका छन् ।

‘जनतामा निहीत सार्वभौम सत्ता , प्रत्याभूत गरिएका मौलिक हकहरु , तिन तहको राज्य पूनर्संंरचना र समाजवाद उन्मुख आर्थिक कार्यदिशा हाम्रो संबिधानको मूल बिशेसताहरु हुन्। यसको जगमा उभिएर राष्ट्रीयताको प्रबर्धन , राजनीतिक स्थिरता , सुशासन र आर्थिक सम्बृद्धि हासिल गर्ने दिशामा अघि बढ्न सक्दा मात्र संविधान कार्यान्वयनले मूर्त आकार ग्रहण गर्दछ,’– उनले विज्ञप्तीमा भनेका छन् ।

संविधान दिवसको अवसरमा संविधानसभा सदस्य परिषद नेपालले उठाउंदै आएको संविधानसभा संग्रहालय निर्माण र कक्षा ९,१०,११ र १२ को पाठ्यक्रममा नेपालको संबिधानको आधारभूत बिषय समावेश गर्ने माग प्रति संघीय संसद र नेपाल सरकारको उनले ध्यानाकर्षण गराएका छन् । विज्ञप्तीमा उनले संविधान निर्माणको क्रममा आफ्नो महत्वपूर्ण भुमिका निर्बाह गरेका सम्पूर्ण दिवंगत माननीय सभासद ज्यूहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*