हेटौंडामा ६५ सहित ७१ जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
२९ भाद्र २०७७, सोमबार १७:४१

हेटौंडा । मकवानपुरमा आज ७१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आयुर्वेद तथा जनसंख्या प्रर्वदन शाखा हेटौंडा र चितवन मेडिकल कलेजले सार्वजनिक गरेको विवरण अनुसार एकै दिन मकवानपुरमा ७१ जना कोरोना संक्रमित थपिएका हुन् ।

जसमध्ये आयुर्वेद तथा जनसंख्या प्रर्वदन शाखा हेटौंडा सार्वजनिक गरेको विवरणमा हेटौंडाका ५१ सहित ५६ जना रहेका छन भने चितवन मेडिकल कलेजले सार्वजनिक गरेको विवरणमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका १४ मनहरी गाउँपालिकाका एक जना रहेका छन् ।

आज थपिएका मध्ये हेटौंडा उपमहानगरपालिका भित्रका मात्रै ६५ जना रहेका छन् । अन्यमा थाहा नगरपालिका र हेटौंडा बस्ने तर अन्यत्र जिल्लाका रहेका छन् । विवरण अनुसार हेटौँडा उपमहानगरपालिका– १०र वडा नम्बर २ मा १०÷१० जनामा कोरोना भाईरस संक्रमण देखिएको छ ।

हेटौँडा बस्ने चितवन र रौतहटको गरि ४ जना र थाहा नगरपालिकाको १ जनामा समेत कोरोना भाईरस देखिएको छ । हेटौंडामा १ सय ८४ जनाको स्वाब परीक्षण गरिएको उल्लेख छ । आजको सार्वजनिक गरिएको विवरण भदौ २८ गतेको हो।आज हेटौडा उपमहानगरपालिकामा थपिएकामा वडा नम्बर १ मा ५ जना, वडा नम्बर २ मा १० जना, वडा नम्बर ४ मा ६ जना, वडा नम्बर ५ मा ९ जना, वडा नम्बर ९ मा ३ जना , वडा नम्बर १० ममा १० जना , वडा नम्बर ११ मा ४ जना, वडा नम्बर ८, १३,१५ र १६ मा १÷१ जना थपिएका छन् ।

चितवन मेडिकल कलेजको विवरण अनुसार हेटौंडा–३ मा २ जना, हेटौंडा–५ मा ३ जना, हेटौंडा–८ मा ६ जना, हेटौंडा–९ मा २ जना र हेटौंडा–१४ मा १ जनालाई संक्रमण पुष्टि भएको उल्लेख छ । एक जना मनहरी गाउँपालिका–९ का रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*