हेटौँडाका ६० वर्षीय संक्रमितको काठमाडौंमा मृत्यु

बाइलाइन नेपाल
२८ भाद्र २०७७, आईतवार २१:०१

हेटौँडा उपमहानगरपालिका निवासी एक संक्रमित पुरुषको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत हेटौँडा–४ घर भएका ६० वर्षीय पुरुषको आज दिउँसो मृत्यु भएको हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए । कोरोना परीक्षण गर्न १४ भदौमा मृतकले स्वाब दिएका थिए ।

हेटौँडा–१० कीटजन्य रोज अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा १६ भदौमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको चौलागाईंले बताए ।उनलाई श्वासप्रस्वासमा समस्या भएपछि १७ भदौमा काठमाडौं उपचारको लागि लगिएको उनका भाईले बताएका छन् ।

काठमाडौंको विभिन्न अस्पतालमा सफल नभएपछि केही दिनअघि मात्रै उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ । मृतकमा कुनै पनि दीर्घरोग नरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*