नेपालमा संक्रमित भन्दा निको हुनेको संख्या धेरै (यस्तो छ तथ्याङ्क)

बाइलाइन नेपाल
२८ भाद्र २०७७, आईतवार १७:५७
फाइल फोटो

हेटौंडा । नेपालमा कोरोना संक्रमितको भन्दा निको हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आजसम्म नेपालमा ३८ हजार ६९७ जनाले कोरोना संक्रमलाई जितेका छन् ।

मन्त्रालयले आइतबार जारी गरेको तथ्याङ्कमा नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ जना रहेको छ । यो तथ्याङ्कलाई हेर्दा ५४ हजार १५९ संक्रमित मध्ये ३८ हजार ६९७ जना निको भइसकेका छन् । जसमा ३ सय ४५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा १५ हजार ११७ जना मात्र कोरोनाका संक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् ।

मन्त्रालयले तथ्याङ्क सार्वजनिक गर्दा निको भइसकेका संक्रमितको संख्या पनि सार्वजनिक गर्दा सर्वसाधारण आंतकित हुने गरेको भन्दै नागरिक समाजका अगुवाले आपत्ती जनाउन थालेका छन् । कोरोना महामारी नभइ सामान्य रोग भएपनि विश्वभर आंतक फैलाउने काम भइरहेको आरोप लगाउँदै यसको विरुद्ध आवाज उठाउँदै आएका युवा नेता जागृत रायमाझीले गलत तथ्याङ्क सार्वजनिक गरेर आंतक सिर्जना गर्ने काम गरेको आरोप लगाए ।

उनले मन्त्रालयले निको भएकाहरुको तथ्यांक समेत दिनदिनै सार्वजनिक गर्ने र सञ्चारमाध्यमहरुले त्यसैलाई प्राथमिकताका साथ प्रकाशन, प्रशारण गरेर थप आंतक फैलाउने काम भइरहेको बताए । उनले कोरोनाका नाममा जनतालाई घर भित्र थुनेर आंकत सिर्जना गर्दै मेडिकल क्षेत्रको व्यापार राज्यले नै गरिरहेको आरोप लगाए । पछिल्लो समय कोरोना भाइरसको नाममा आंतक सिर्जना गरेर मेडिकल माफियाहरुले व्यापार गरिरहेको भन्दै विश्वभर नै विरोध हुन थालेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*